Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ८.६४% ले बढ्यो , कस्ता छन् अन्य सूचक ?

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ८.६४% ले बढ्यो , कस्ता छन् अन्य सूचक ?

अर्थ प्लस
नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा  ८.६४% ले बढ्यो , कस्ता छन् अन्य सूचक ?

काठमाडौं, वैशाख २८ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८.६४ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६० करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ११.६१ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ३२ अर्ब ५० करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २९ अर्ब १२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीले ४७  अर्ब ७२ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी ४२ अर्ब ७९ करोड रहेको थियो । कम्पनीको कुल खर्च १३.०९ प्रतिशतले बढेको छ ।  

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ४१ अर्ब ९ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १३.८३ प्रतिशतले बढी हो ।  

कम्पनीले समीक्षा अवधिसम्म ४४ अर्ब ९० करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको कुल खर्च ३९ अर्ब ७० करोड रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । कम्पनीले रिटेन्ड अर्निङ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित गरेको छ ।  

यो अवधिसम्म कम्पनीले ५ लाख १५ हजार ८१७ वटा बीमा पोलिसी जारी गरेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०।४२ रुपैयाँ रहेको ईपीएस ९.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.८१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ७०० रुपैयाँ र पीई अनुपात ७०.०१ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार