Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा गिरावट, १० अर्ब २० करोडको कारोबार

सेयर बजारमा गिरावट, १० अर्ब २० करोडको कारोबार

अर्थ प्लस
सेयर बजारमा गिरावट, १० अर्ब २० करोडको कारोबार

काठमाडौं, वैशाख २८ । आज साताको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक ११.५३ अंकले घटेर २६५०.११ को विन्दुमा कायम भएको छ ।

आज ३०० कम्पनीको सेयर किनबेच हुँदा १० अर्ब २० करोड माथिको सेयर कारोबार भएको छ । आज ८२ कम्पनीको १६४ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६६ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६० करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन हाइड्रोपावरका लगानीकर्ता र जोशी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । ओम मेगा श्रीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज कम्पनीका लगानीकर्ताले ७.४५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

सम्बन्धित समाचार