काठमाडौं, वैशाख २८ । चन्द्रागिरी हिल्स लिमिटडले चालु आवको तेस्रो त्रैमाससम्म १० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १० करोड ७९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीको आम्दानी भने ९.८१ प्रतिशतले घटेको छ ।
यो अवधिसम्म कम्पनीले ३८ लाख ८६ हजार रुपैयाँ बराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको रिजर्भ कोषको आकार ३ करोड ८१ लाख रहेको छ । अघिल्लो आवमा भने कम्पनीको रिजर्भको आकार १२ करोड २२ लाखले ऋणात्मक अवस्थामा थियो । २९ करोड ५१ लाख रुपैयाँ बराबरको कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व भने ९ करोड ५० लाख रुपैयाँ बराबर रहेको छ ।
