Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

राधि विद्युतको नाफामा गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?

राधि विद्युतको नाफामा गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?

अर्थ प्लस
राधि विद्युतको नाफामा गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाडौं, वैशाख २९ । राधि विद्युत कम्पनी लिमिटेडको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १२.९० प्रतिशतले घटेको छ ।  

कम्पनीले यो अवधिमा ९ करोड १६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ९ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ७ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २।६६ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमाफर्त १० करोड ३८ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.९९ प्रतिशतले बढी हो । यो अवधिमा कम्पनीले ६ करोड ९५ लाख रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ ।  

यस्तै कम्पनीको अन्य आम्दानी भने ७ लाख ९ हजारबाट घटेर १ हजार ६२२ रुपैयाँमा सीमित बनेको छ । वित्त आम्दानी ७ करोड ६६ लाखबाट घटेर ६ करोड ९५ लाखमा झरेको छ । 

कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड ७४ लाख रुपैयाँ वित्त खर्च १ करोड ९५ लाख रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५१ करोड ६२ लाख र कुल चालु दायित्व २९ करोड ८३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ५.८८ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ११७.६१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५२.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८४.०७ गुणा र तरलता अनुपात १.७३ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार