Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सानिमा माई हाइड्रोपावरको नाफा १२ प्रतिशतले घट्यो, इपीएस ७.४१ रुपैयाँ

सानिमा माई हाइड्रोपावरको नाफा १२ प्रतिशतले घट्यो, इपीएस ७.४१ रुपैयाँ

अर्थ प्लस
सानिमा माई हाइड्रोपावरको नाफा १२ प्रतिशतले घट्यो, इपीएस ७.४१ रुपैयाँ
काठमाडौं, वैशाख २९ । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
 
जस अनुसार कम्पनीले २७ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यस कम्पनीले ३१ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । यो गत वर्षको यसैअवधिको तुलनामा १२.०३ प्रतिशत कम हो ।
 
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ५९ करोड ६४ लाखबाट घटेर ५१ करोड २९ लाख रुपैयाँ कायम भएको छ भने वित्तीय खर्च ८ करोड ४ लाखबाट घटेर ५ करोड ४५ लाख कायम भएको छ ।
 
कम्पनीको चुकत पुँजी ३ अर्ब ७३ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ छ ।त्यस्तै कम्पनीको इपीएस ७.४१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १७२.८५ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार