Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिमालयन डिष्टिलरीको नाफा २५१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

हिमालयन डिष्टिलरीको नाफा २५१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

अर्थ प्लस
हिमालयन डिष्टिलरीको नाफा २५१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं, वैशाख २९ । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ जसअनुसार कम्पनीको नाफा २५१.३२ प्रतिशतले बढेर ७३ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यस कम्पनीले २१ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ३० करोड ७३ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २४४.३४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ७४ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ३४ लाख र जगेडा कोषमा ८८ करोड ७६ लाख रुपैयाँ छ । त्यस्तै, कम्पनीको इपीएस ३२.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२८.८९ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार