काठमाडौं, वैशाख २९ । सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा घटेको छ । यसअवधिमा कम्पनीको खुद नाफा ४७ प्रतिशतले घटेर २५ करोड १९ लाख ४९ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ४७ करोड ५४ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ५.९२ प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ ।
