Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिईडिबी होल्डिङ्सको नाफामा उछाल, यस्ता छन् वित्तीय सूचकहरु

सिईडिबी होल्डिङ्सको नाफामा उछाल, यस्ता छन् वित्तीय सूचकहरु

अर्थ प्लस
सिईडिबी होल्डिङ्सको नाफामा  उछाल, यस्ता छन् वित्तीय सूचकहरु

काठमाडौँ, वैशाख ३० । सिईडिबी  होल्डिङ्स लिमिटेडको नाफा ३२७.४५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

गत आवको सोही अवधिसम्म भने कम्पनीले ८ करोड २५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म कम्पनीले सेवाशुल्क,ब्याज तथा अन्य आम्दानीमार्फत ३८ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२५.७९ प्रतिशतले बढी हो ।  

कम्पनीको जम्मा खर्च भने ३३.५६ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ९८ लाख रुपैयाँ जम्मा खर्च गरेको छ । कम्पनीको जगेडा तथा सञ्चित नाफा ७४ करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो रकम ५७ करोड ९८ लाख रहेको थियो । यो अवधिसम्म कम्पनीको जम्मा चालु सम्पत्ति ६७ करोड १९ लाख र ७ करोड १२ लाख जम्मा चालु दायित्व रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४५.५१ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १७१.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७८.८२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.१५ गुणा रहेको छ ।  

सम्बन्धित समाचार