Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा बढ्यो, , कस्ता छन् अन्य सूचक?

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा बढ्यो, , कस्ता छन् अन्य सूचक?

अर्थ प्लस
एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा बढ्यो, , कस्ता छन् अन्य सूचक?

काठमाडौँ, वैशाख ३० । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.९४ प्रतिशतले बढी हो ।  

अघिल्लो आवमा कम्पनीको खुद नाफा ५ करोड ९८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २८.७५ प्रतिशतले बढ्दै १० करोड ३८ लाख रुपैयाँ पुगेको छ ।  

यो अवधिमा कम्पनीको खर्च बढेको छ । अघिल्लो आवमा ७८ लाख १६ हजार रहेको कुल खर्च बढेर १ करोड ८७ लाख पुगेको छ । कम्पनीको रिटेन्ड अर्निङ १२ करोड ३ लाख रुपैयाँ रहेको छ ।  

यस्तै कम्पनीको कुल चालु सम्पत्ति ४३ करोड २२ लाख र कुल चालु दायित्व १ करोड २६ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६.०८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ७.१८ रुपैयाँ पुगेको छ ।  

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १७१.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४५.५३ गुणा कायम भएको छ । 

सम्बन्धित समाचार