Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

मध्य भोटेकोशी जलविद्युत घाटामा, अन्य सूचकको अवस्था कस्तो ?

मध्य भोटेकोशी जलविद्युत घाटामा, अन्य सूचकको अवस्था कस्तो ?

अर्थ प्लस
मध्य भोटेकोशी जलविद्युत घाटामा, अन्य सूचकको अवस्था कस्तो ?

काठमाडौँ, वैशाख ३० । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड ३१ लाख घाटामा थियो ।  

कम्पनीअन्तर्गत एउटा मात्रै आयोजना रहेको र उक्त आयोजना निर्माणको चरणमा रहेको हुनाले कम्पनीले विद्युत बिक्रीमार्फत कुनैपनि आम्दानी गर्न सकेको छैन । 

समीक्षा अवधिसम्म कम्पनीले २५ लाख ९ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १ करोड ७२ लाख रुपैयाँबराबरको वित्त आम्दानी गरेको थियो । यो अवधिसम्म कम्पनीको प्रशासनिक खर्च २ करोड ९५ लाख र ह्रासकट्टी खर्च ४ लाख ५८ हजार रुपैयाँ रहेको छ ।  

कम्पनीले भोटेकोशी नदिको जलसम्पदा प्रयोग गरी १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको काम अघि बढाएको छ । ६ अर्ब रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ ३८ करोड ६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति २१ करोड १७ लाख र कुल चालु दायित्व ६४ करोड ८१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.६१ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९३.६६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५५.९७ रुपैयाँ र तरलता अनुपात ०.३३ प्रतिशत कायम भएको छ । 

सम्बन्धित समाचार