Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

घाटाबाट बाहिरियो अपर हेवाखोला, यस्ता छन् वित्तीय सूचकहरु

घाटाबाट बाहिरियो अपर हेवाखोला, यस्ता छन् वित्तीय सूचकहरु

अर्थ प्लस
घाटाबाट बाहिरियो अपर हेवाखोला, यस्ता छन् वित्तीय सूचकहरु

काठमाडौँ, वैशाख ३० । बाढीले क्षतिग्रस्त आयोजना पुनः निर्माण कार्य सम्पन्न भएसँगै अपर हेवाखोला हाईड्रोपावर कम्पनी नाफामा गएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ८ लाख ५२ हजार घाटामा थियो ।  

कम्पनीले यो अवधिमा १६ करोड ३४ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १९.८७ प्रतिशतले बढी हो । कम्पनीको रिटेन्ड अर्निङमा ५ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङ ८० लाख ५६ हजारमा सीमित थियो । यसरी कम्पनीको रिटेन्ड अर्निङमा ५८४.४२ प्रतिशतले बढेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ११.९० रुपैयाँ ,प्रतिसेयर  नेटवर्थ १११.०३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३००.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५४.३२ गुणा कायम भएको छ ।  

सम्बन्धित समाचार