Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

अपि पावरको नाफामा उछाल, आम्दानी र ईपीएस पनि बढ्यो

अपि पावरको नाफामा उछाल, आम्दानी र ईपीएस पनि बढ्यो

अर्थ प्लस
अपि पावरको नाफामा उछाल, आम्दानी र ईपीएस पनि बढ्यो

काठमाडौँ, वैशाख ३० । अपि पावर कम्पनी लिमिटेडको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६८८.९९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ४८ लाख खुद नाफा आर्जन गरेको थियो ।    

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २५.७६ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ९५ करोड १८ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म १ करोड ८१ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले जम्मा १२ लाख ९५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको थियो ।  

कम्पनीको प्रशासनिक खर्च ३ करोड २७ लाख, बिक्री÷वितरण खर्च २१ करोड १५ लाख , ह्रासकट्टी खर्च ३१ करोड ७६ लाख र वित्त खर्च ४५ करोड ८८ लाख रुपैयाँ रहेको छ ।  यस्तै कम्पनीको वित्त आम्दानी ४ लाख ३८ हजार रहेको छ ।    

६ अर्ब ७ करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ६१ करोड १ लाख र कुल चालु दायित्व १ अर्ब ३ करोड रुपेयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवमा ४.२५ रुपैयाँ रहेको ईपीएस ७.७६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.८५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.२० गुणा र तरलता अनुपात ०.५९ प्रतिशत कायम भएको छ ।  

सम्बन्धित समाचार