Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

घाटाबाट बाहिरियो अरुण काबेली पावर, आम्दानी र ईपीएस कति ?

घाटाबाट बाहिरियो अरुण काबेली पावर, आम्दानी र ईपीएस कति ?

अर्थ प्लस
घाटाबाट बाहिरियो अरुण काबेली पावर, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । विद्युत बिक्री आम्दानी बढेसँगै अरुण काबेली पावर लिमिटेड घाटाबाट बाहिरिएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३४ करोड १३ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ४६ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३३४.३४ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ७२ लाख रुपैयाँ कमाएको थियो । यो अवधिमा कम्पनीको खर्च समेत घटेको छ । अघिल्लो आवमा ३९ करोड ८६ लाख रुपैयाँ रहेको कुल खर्च २४ करोड ४१ लाखमा संकुचित बनेको छ ।  

३ अर्ब ८९ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ५९ करोड ५४ लाख र कुल चालु दायित्व १२ करोड ३७ लाख रहेको छ । कम्पनीको अल्पकालिन कर्जा ६ करोड १ लाख रुपैयाँ रहेको छ ।  

 

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९६.२१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५९.७४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०५.६४ गुणा रहेको छ । 

सम्बन्धित समाचार