काठमाडौँ, वैशाख ३० । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्म ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको छ । नाफा गत आवको यसै अवधिको तुलनामा १३.३६ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा होटलले ४१ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको सञ्चालन नाफा पनि १५.४१ प्रतिशतले बढेर ५९ करोड १७ लाख रुपैयाँ कायम भएको छ ।
१ अर्ब २ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा होटलको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५७ पैसा तथा प्रतिसेयर नेटवर्थ २५ रुपैयाँ १७ पैसा रहेको छ ।
