काठमाडौं, जेठ २ । पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ः०.५ अनुपातमा ३१ लाख ६३ हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो ।
प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ । हकप्रद सेयर बिक्रीपछि पिपुल्स पावरको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
