Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

दोर्दी खोलाको १९ लाख ४६ हजारबढी कित्ता शेयर लिलामीमा, प्रतिकित्ता सय रुपैयाँ

दोर्दी खोलाको १९ लाख ४६ हजारबढी कित्ता शेयर लिलामीमा, प्रतिकित्ता सय रुपैयाँ

अर्थ प्लस
दोर्दी खोलाको १९ लाख ४६ हजारबढी कित्ता शेयर लिलामीमा, प्रतिकित्ता सय रुपैयाँ

काठमाडौं, जेठ २ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा राखेको छ उक्त्त शेयर संस्थापाक तथा सर्वसाधारण  सबैले किन्न पाउने गरी लिलामीमा राखिएको हो।

जसमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ३५ हजार ९५६ कित्ता शेयर रहेको छ जुन असार ७ गतेसम्म लकइनमा रहनेछ। त्यस्तै बाँकी ४ लाख ९५ हजार ६७९ कित्ता शेयर पनि सर्वसाधारण समूहकै रहेको छ भने यो शेयर लकइनमा छैन।

शेयर खरीदका लागि आवेदन दिंदा घटीमा १ सय कित्ताका लागि र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। इच्छुक खरीदकर्ताले जेठ ११ गतेदेखि १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार