काठमाडौं, जेठ ४ । तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज आइतबार जेठ ४ गते अन्तिम दिन रहेको छ ।
यस कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ ५ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज आइतबारसम्म कायम रहने सेयरधनीहरुले मात्र तेह्रथुम पावर को हकप्रद सेयर भर्न पाउनेछन् ।
सेबोनले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो। सोहीअनुसार कम्पनीले हकप्रद सेयर जारी गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।
