Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा १९.३० अंकको बृद्धि हुँदा ७ अर्ब ३५ करोडमाथिको कारोबार

सेयर बजारमा १९.३० अंकको बृद्धि हुँदा ७ अर्ब ३५ करोडमाथिको कारोबार

अर्थ प्लस
सेयर बजारमा १९.३० अंकको बृद्धि हुँदा ७ अर्ब ३५ करोडमाथिको कारोबार

काठमाडौं, जेठ ५ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ को विन्दुमा कायम भएको छ ।

आज ३२४ कम्पनीको सेयर किनबेच हुँदा ७ अर्ब ३५ करोड माथिको सेयर कारोबार भएको छ । आज १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ ।

आज सबैभनदा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ४१ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ओम मेगा श्रीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित समाचार