काठमाडौँ, जेठ ६ । आज सेयर बजार भारी अंकले बढेको छ । सरकाले आज राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्ने सम्भावनाले सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ४९.०९ अंकले बढेर २,६८१.३६ को विन्दुमा कायम भएको छ ।
आज ३१० कम्पनीको सेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड माथिको सेयर कारोबार भएको छ । आज २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३६ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ३१ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ओम मेगा श्रीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.३९ प्रतिशतका दरले गुमाएका हुन् ।
