Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बरुण हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति

बरुण हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति

अर्थ प्लस
बरुण हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति

काठमाडौँ, जेठ ६ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ ।

यसका लागि आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको हाल चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार