Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो देशभरिका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो देशभरिका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी

अर्थ प्लस
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो देशभरिका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी

बुधवार, जेठ ७ २०८२
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई अझैँ बढी सशक्त बनाउने उद्देश्यले देशभरिका विभिन्न शाखा तथा उपशाखा कार्यालयहरूमा कर्मचारीको आवश्यकता सहित दरखास्त आह्वान गरेको छ । कम्पनीले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले कोशी प्रदेशअन्तर्गत खाँदबारी, ओखलढुङ्गा र दिक्तेल शाखा, मधेश  प्रदेशअन्तर्गत  बर्दिबास, निजगढ र सिमरा शाखा, बागमती  प्रदेश अन्तर्गत  पनौती, कमल विनायक, पुतली सडक, चापागाउँ, एकान्तकुना, भैँसेपाटि, कालिमाटी, सुन्धारा र थनकोट शाखा, लुम्बिनी  प्रदेशअन्तर्गत लमही र रामपुर (पाल्पा) शाखा र गण्डकी प्रदेश अन्तर्गत कुश्मा शाखा कार्यालयका लागि शाखा प्रमुख पदमा तथा काठमाडौँ उपत्यकासहित अन्य शाखाहरूका लागि बजार अधिकृत पदमा केही सङ्ख्यामा कर्मचारी माग  गरेको छ ।

उक्त पदहरूका लागि जीवन बिमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्त संस्थामा कार्य अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरणसहितको आवेदन यही जेठ १८ गते भित्र पठाउन सक्नेछन् ।

1747825234-zTQCM.jpg
undefined

सम्बन्धित समाचार