Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिमालयन रिइन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रिइन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ प्लस
हिमालयन रिइन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं, जेठ ८ । हिमालयन रिइन्सुरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते आइतबार बुक क्लोज गर्दैछ। तसर्थ, आज जेठ ८ गते बिहीबारसम्म  कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न  सक्नेछन् ।
 
लाभांश प्रस्ताव पारित गर्न जेठ २५ गते साधारण सभा बस्ने भएको छ । सभा, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
 
साधारण सभामा कम्पनीले ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद गरी कुल ४.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
 
त्यस्तै, सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्नेछ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत तय गरिएको छ ।

सम्बन्धित समाचार