Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

रिभर फल्स पावरको ४३ लाख कित्ता शेयरको लकइन आजबाट सकिँदै

रिभर फल्स पावरको ४३ लाख कित्ता शेयरको लकइन आजबाट सकिँदै

अर्थ प्लस
रिभर फल्स पावरको ४३ लाख कित्ता शेयरको लकइन आजबाट सकिँदै

काठमाडौं, जेठ ८ । रिभर फल्स पावर लिमिटेडको ४३ लाख २४ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि आज जेठ ८ गतेबाट सकिँदै छ।

कम्पनीको संस्थापकको ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको ७ लाख कित्ता गरी जम्मा ४३ लाख २४ हजार ६०० कित्ता शेयर तीन वर्षदेखि लकइनमा रहेको छ।

लकइन अवधि सकिएपनि संचालक सदस्य तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीले भने पदबाट हटेको १ वर्ष पूरा नभएसम्म कारोबार गर्न नपाइने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार