Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

छिमेक लघुवित्तको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्तको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
छिमेक लघुवित्तको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ, जेठ ९ । छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ३९० रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (जेठ ९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

सम्बन्धित समाचार