Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल फाइनान्सको १० लाख ९० हजारबढी कित्ता शेयर बिक्रीमा

नेपाल फाइनान्सको १० लाख ९० हजारबढी कित्ता शेयर बिक्रीमा

अर्थ प्लस
नेपाल फाइनान्सको १० लाख ९० हजारबढी कित्ता शेयर बिक्रीमा

काठमाडौं, जेठ ११ । नेपाल फाइनान्सले झन्डै ११ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेकोमा बिक्री नभएको संस्थापक समूहको १० लाख ९० हजारबढी कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।

इयसको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। च्छुकले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र सोभन्दा बढीका लागि १० अंकले भाग जाने गरी खरिद आवेदन दिनुपर्नेछ। शेयर खरिदका लागि असार १ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयका साथै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, शाखाहरु बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा र प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार