काठमाडौं, जेठ ११ । दोर्दी खोला जलविद्युत लिमिटेडले आज जेठ ११ गते आइतबारदेखि हकप्रदमा बिक्री नभएको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता सेयर रहेको छ । यी दुवै समूहको लकइन असार ७ गते सकिँदैछ ।
त्यसैगरी सर्वसाधारण समूहकै लकइनमा नरहेको ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि लिलामी बिक्रीमा ल्याइएको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ
कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यसमा जेठ १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
