काठमाडौं, जेठ ११ । सान्भि इनर्जी लिमिटेडको आईपीओमा ८९ करोड ६३ लाख रुपैयाँभन्दा बढीको आवेदन परेको छ। सीडीएस अनुसार जेठ १० गते बिहान १०:०६ बजेसम्ममा ७ लाख ७ हजारभन्दा बढी लगानीकर्ताले ८९ लाख ६३ हजार कित्ताको लागि आवेदन दिएका छन्। यो सर्वसाधारणलाई छुट्याइएको सेयरको करिब ३.७१ गुणा बढी आवेदन हो।
सान्भि इनर्जीले शुक्रबार जेठ ९ देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो ।
सान्भिले यसअघि जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ ।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ ।
सर्वसाधारणको यस आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन पाइनेछ ।
