Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा सामान्य बृद्धि, ६ अर्ब ५२ करोडको कारोबार

सेयर बजारमा सामान्य बृद्धि, ६ अर्ब ५२ करोडको कारोबार

अर्थ प्लस
सेयर बजारमा सामान्य बृद्धि, ६ अर्ब ५२ करोडको कारोबार

काठमाडौं, जेठ १३ । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ को विन्दुमा कायम भएको छ ।

आज ३१८ कम्पनीको सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड माथिको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको सेयर मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनकिो ४७ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री, ग्रिन डेभलपमेन्ट बैंक र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पियोर इनर्जीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित समाचार