काठमाडौं , जेठ १४ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु महालक्ष्मी र एसियन लाइफ इन्सुरेन्सको सेयर मूल्य समायोजन भएको छ ।
प्रभु महालक्ष्मीको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ५१२.५८ रुपैयाँ कायम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ५५३.५९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
यता, एसियन लाइफको भने ४२ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन गरिएको छ । समायोजन पश्चात यसको भाउ ५२०.०३ रुपैयाँ कायम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ६९६.४४ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर कारोबार सुरु हुनेछ ।
