Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सगरमाथा जलविद्युतले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न पायो सहमति

सगरमाथा जलविद्युतले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न पायो सहमति

अर्थ प्लस
सगरमाथा जलविद्युतले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न पायो सहमति

काठमाडौं , जेठ १४ । सगरमाथा जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट सहमति पाएको छ। आयोगले मंगलबार कम्पनीलाई पत्र पठाउँदै हकप्रद ल्याउन अनुमति दिएको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने तयारी गरिरहेको छ। यसका लागि कम्पनीले विद्युत नियमन आयोगमा निवेदन दिँदै स्वीकृति माग गरेको थियो।

त्यसअघि आयोगले गत वर्ष असार ८ गते कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारणसभा पेस गर्न स्वीकृति प्रदान गरेको थियो।

अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई १ अर्ब १७ करोड ३२ लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ।

 

सम्बन्धित समाचार