Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफले बोलायो साधारणसभा

लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफले बोलायो साधारणसभा

अर्थ प्लस
लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफले बोलायो साधारणसभा

काठमाडौं, जेठ २० । हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले असार १० गते गते वार्षिक साधारणसभा बोलाएको छ । सभा, आम्रपाली बैंक्वेट, थिरबम सडक, भाटभटेनी नक्साल काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ २८ गते बुक क्लोज गर्ने भएको छ ।

सम्बन्धित समाचार