Logo

Oct 24 2026 | २०८३, कात्तिक ८गते

images

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

अर्थ प्लस
नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं, जेठ २१ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार नेसनल लाइफ, एनएलजी इन्सुरेन्सको र बोनस सेयर तथा बरुण हाइड्रोपावरको हकप्रदमा मूल्य समायोजन भएको छ । जसमा नेसनल लाइफ इन्सुरेन्सको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

यसको बुधबारको अन्तिम कारोबार मूल्य ६२८.३६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ५९८.४४ रुपैयाँ कायम भएको छ ।

यस्तै, एनएलजी इन्सुरेन्सको २.५० प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । यसको बुधबारको अन्तिम कारोबार मूल्य ७६०.०२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ७४१.४८ रुपैयाँ कायम भएको छ ।

यता, बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । यसको बुधबारको अन्तिम कारोबार मूल्य ४८०.७२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य २९०.३६ रुपैयाँ कायम भएको छ । अब बिहीबार सोही मूल्यलाई आधार मानेर यी ३ कम्पनीको कारोबार खुला हुनेछ ।

सम्बन्धित समाचार