काठमाडौं, जेठ २३ । प्रभु क्यापिटलले आजदेखि प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको इकाइ बिक्री खुलाएको छ। कम्पनीले सर्वसाधारणलाई प्रतिइकाइ १० रुपैयाँ दरले खुलामुखी म्युचुअल फन्ड योजनाको इकाइ बिक्री खुलाएको हो।
कुल ४ करोड इकाइमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाइ कोष प्रवर्द्धक प्रभु बैंकलाई र अर्को ३० लाख इकाइ योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखिएको छ। बाँकी पहिलो चरणमा सर्वसाधारणलाई २ करोड ५० लाख इकाइ बिक्री खुला गरेको प्रभु क्यापिटलले जनाएको छ।
लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ३१ लाख इकाइसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले इकाइमा आवेदन दिने समय जेठ २७ र तोकिएको मितिमा बिक्री नभए असार ६ सम्म खुला रहनेछ।
यसमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। इकाइ बाँडफाँटको ३ महिनाभित्र वितरक तोकिनेछ।
