Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कुमारी बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

अर्थ प्लस
कुमारी बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

काठमाडौं, जेठ २५ । कुमारी बैंक लिमिटेडले आजदेखि आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि उक्त शेयर बिक्रीमा राखेको जनाएको हो । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेका ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको बताएको छ ।

बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

निर्धारित म्यादभित्र शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा संस्थापकहरू भन्दा बाहेकका लगानीकर्ताहरूमा शेयर बिक्री गरिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

सम्बन्धित समाचार