Logo

Oct 24 2026 | २०८३, कात्तिक ८गते

images

निफ्राको हरित ऋणपत्रमा करिब ४ गुणा बढीले दिए आवेदन

निफ्राको हरित ऋणपत्रमा करिब ४ गुणा बढीले दिए आवेदन

अर्थ प्लस
निफ्राको हरित ऋणपत्रमा करिब ४ गुणा बढीले दिए आवेदन

काठमाडौं, जेठ २८ । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) को हरित ऋण पत्रमा करीब ४ गुणाभन्दा बढीले आवेदन दिएका छन् ।

७ वर्ष अवधि भएको र वार्षिक ६ प्रतिशतको दरले ब्याज प्रदान गर्नेगरी निफ्राले जारी गरेको रु. ५ अर्बको हरित उर्जा ऋणपत्रमा उक्त आवेदन परेको हो । 

एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा जेठ १८ गतेदेखि निष्काशन सुरु भएको यस ऋणपत्र निष्काशनको कार्य जेठ २५ गते सम्पन्न भएको थियो ।

उक्त समय सिमाभित्र सर्वसाधाण तर्फको रु. २ अर्बको लागि सामूहिक लगानी कोषहरू बाहेक जम्मा ३ हजार ३३ योग्य लगानीकर्ताहरूबाट रु. ३ अर्ब ३८ करोड ५४ लाख ७८ हजारको लागि आवेदन परेको थियो । 

प्राईभेट प्लेसमेन्ट तर्फको रु. ३ अर्बको लागि जम्मा २३ योग्य लगानीकर्ताहरूबाट रु. १५ अर्ब ५९ करोड ५५ लाखको लागि आवेदन परेको थियो । यो ऋण पत्रको प्रारम्भिक बाँडफाँडको कार्य सम्पन्न भई अन्तिम बाँडफाँड हुने चरणमा रहेको छ ।

सम्बन्धित समाचार