Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एभरेष्ट कलरले आइपिओ जारी गर्ने, लक्ष्मी सन्राइज क्यापिटलसँग प्रत्याभूति सम्झौता

एभरेष्ट कलरले आइपिओ जारी गर्ने, लक्ष्मी सन्राइज क्यापिटलसँग प्रत्याभूति सम्झौता

अर्थ प्लस
एभरेष्ट कलरले आइपिओ जारी गर्ने, लक्ष्मी सन्राइज क्यापिटलसँग प्रत्याभूति सम्झौता

काठमाडौँ, जेठ २९ । एभरेष्ट कलरले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । आइएसओ ९००१ः२०१५ प्रमाणिकरण प्रमाण पत्र प्राप्त, नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको सूचीमा दर्ता, नेपाल गुणस्तर चिन्ह प्राप्ति उन्मुख रहेको कम्पनीले ७ लाख ९० हजार कित्ता सेयर सर्वसाधरणमा जारी गर्ने भएको हो । 

सेयर जारी गर्ने उद्देश्यले कम्पनीले सन्राइज क्यापिटल लिमिटेडसँग बुधबार प्रयाभूति सम्झौता गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा एभरेष्ट कलरका तर्फबाट सरोज लुइटेल तथा प्रत्याभूतिकर्ताको तर्फबाट लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरे । 

अन्य कलर उद्योगभन्दा पृथक ढङ्गले, सङ्गठित स्वदेशी युवाहरूको लगानीमा विशेषतः नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पु¥याई देशको सेवा गर्ने प्रमुख उद्देश्यले सञ्चालन भइरहेको छ । 

कम्पनीलाई केयर रेटिङ्गस नेपालले डबल बी माईनस रेटिङ्ग प्रदान गरेको छ ।

सम्बन्धित समाचार