Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर असार १६ देखि निष्कासन हुने

तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर असार १६ देखि निष्कासन हुने

अर्थ प्लस
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर असार १६ देखि निष्कासन हुने

काठमाडौँ, जेठ २९ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी असार १६देखि हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

लगानीकर्ताले हकप्रद सेयरका लागि आगामी साउन ४ गते सम्म आवेदन दिन पाउनेछन् । यसअघि कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । 

जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयर खरिदका आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि स्वीकृती पाएको थियो ।

सम्बन्धित समाचार