Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिमस्टार ऊर्जाको आईपीओ बिक्री खुल्यो

हिमस्टार ऊर्जाको आईपीओ बिक्री खुल्यो

अर्थ प्लस
हिमस्टार ऊर्जाको आईपीओ बिक्री खुल्यो

काठमाडौँ, जेठ ३० । हिमस्टार ऊर्जा कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुलाएको छ।

कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुलाएको हो।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले १ लाख ८६ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा–८, साविक भुसिंगा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा–२, साविक गोली गाविस– १, २, ३, ४, ५ का स्थानीयले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९३ लाख २५ हजार रुपैयाँ बराबरको सेयर विदेश रोजगारीमा नेपालीका लागि निष्कासन गरेको हो। 

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। स्थानीयले छिटोमा असार १३ गते र उक्त अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा असारसम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार १३ मा बिक्री बन्द गरिने कम्पनीले जनाएको छ।

इक्रा नेपालले हिमस्टार ऊर्जाको आईपीओलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको समयमै दायित्व वहन क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

सम्बन्धित समाचार