Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ग्लोबल आइएमई समुन्नत योजनाको इकाई असार २२ गतेदेखि बिक्री खुला हुँदै

ग्लोबल आइएमई समुन्नत योजनाको इकाई असार २२ गतेदेखि बिक्री खुला हुँदै

अर्थ प्लस
ग्लोबल आइएमई समुन्नत योजनाको इकाई असार २२ गतेदेखि बिक्री खुला हुँदै

काठमाडौँ, असार १ । ग्लोबल क्यापिटलले असार २२ गतेदेखि ‘ग्लोबल आइएमई समुन्नत योजना’ को इकाई बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँको दरले यो योजनाको इकाई बिक्री गर्न लागेको हो ।

जारी हुन लागेको १२ करोड इकाईमध्ये १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई, कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेडलाई १ करोड ६२ लाख इकाई छुट्याइएको छ । बाँकी १० करोड २ लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यसमा छिटोमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भने साउन ४ गतेसम्म खुला रहनेछ ।

सम्बन्धित समाचार