Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा २.७६ गुणा बढी आवेदन

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा २.७६ गुणा बढी आवेदन

अर्थ प्लस
दरमखोला हाइड्रो इनर्जीको आईपीओमा २.७६ गुणा बढी आवेदन

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा ८ करोड ८ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार ११ गते) साँझ ५ः०६ बजेसम्म ४० हजार ७२८ जनाले ८ लाख ८ हजार ७० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.७६ गुणा बढी आवेदन हो ।

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९१ हजार १५० कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा असार २३ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

सम्बन्धित समाचार