Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिम स्टार उर्जाको आइपिओमा आज आवेदन दिने अन्तिम दिन

हिम स्टार उर्जाको आइपिओमा आज आवेदन दिने अन्तिम दिन

अर्थ प्लस
हिम स्टार उर्जाको आइपिओमा आज आवेदन दिने अन्तिम दिन

हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपिओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ३० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको प्राथमिक चरणको आइपिओमा आवेदन दिने आज अन्तिम दिन हो ।

यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आइपिओ प्रतिकित्ता निष्कासनका लागि अनुमति पाएको थियो । 

आइपिओको अंकित मूल्य १०० रुपैयाँ रहेको छ । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा निष्कासन गरिरहेको छ ।

आयोजना प्रभावितका लागि छुट्याइएको आइपिओमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नंं. ८, साविक भुसिङ्गा गाविसका सबै वडा र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गाविस वडा नं. १, २, ३, ४, ५ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचार