Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

अर्थ प्लस
बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं- बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

हकप्रद सेयर निष्कासनका प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन १९ गते तोकिएको छ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकको विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खांदबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको शाखा कार्यालयका साथै मेरो शेयर मार्फत् पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार