Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेप्सेमा २६.५३ अंकको वृद्धि, ७ अर्ब १२ करोड माथिको कारोबार

नेप्सेमा २६.५३ अंकको वृद्धि, ७ अर्ब १२ करोड माथिको कारोबार

अर्थ प्लस
नेप्सेमा २६.५३ अंकको वृद्धि, ७ अर्ब १२ करोड माथिको कारोबार

काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२८ कम्पनीको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड माथिको सेयर कारोबार भएको छ । 

सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । दोस्रोमा विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले ८.९७ प्रतिशतका दरले कमाएका छन् ।

सर्वाधिक गुमाउनेमा यसदिन जोशी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन साहस ऊर्जाको सबैभन्दा धेरै ५७ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि बुटवल पावर कम्पनीको ३४ करोड ९९ लाख रुपैयाँ र यूनियन हाइड्रोपावरको २४ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार