Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आइपिओ जारी गर्न लागेको स्वर्णिम होटलले ९ महिनामै गर्यो साढे १७ करोडको व्यापार

आइपिओ जारी गर्न लागेको स्वर्णिम होटलले ९ महिनामै गर्यो साढे १७ करोडको व्यापार

अर्थ प्लस
आइपिओ जारी गर्न लागेको स्वर्णिम होटलले ९ महिनामै गर्यो साढे १७ करोडको व्यापार

काठमाडौं। गत वर्षको वार्षिक साधारण सभामार्फत सर्वसाधारणमा सेयर (आइपिओ) जारी गर्ने घोषणा गरेको स्वर्णिम होटलले ९ महिनामै साढे १७ करोड रुपैयाँ बढीको व्यापार गरेको छ। 

होटलले आर्थिक वर्ष २०२४/२५ मा १७ करोड ६० लाख (अपरिस्कृति) रुपैयाँ आम्दानी गरेको हो। होटलले गत वर्षमा भने ८ करोड ४० लाख रुपैयाँ (परिस्कृति) आम्दानी गरेको थियो।

होटलले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इन्क्रोमेरिक्समा गराएको ९७ करोड १० लाख रुपैयाँ दीर्घ कालीन कर्जा ‘बिबिप्लस’ रेटिङ पाएको छ। उक्त रेटिङ होटलले वित्तीय दायित्व समयमै भुक्तानी गर्न सक्ने क्षमता मध्यम स्तरको जोखिम भएको संकेत गर्छ।

होलिडे इनको व्यवस्थापकीय सम्झौता लिएको स्वर्णिम होटल सन् २०२३ को डिसेम्बरदेखि पूर्ण सञ्चालनमा आएको हो। सन् २०२५ अप्रिलसम्म होटलको अकुपेन्सी औसत ६६ प्रतिशतमाथि पुगेको छ। होटलले आगामी दिनमा अकुपेन्सी स्तर बढाउने र आइपिओ जारी गर्ने तथा आइपिओबाट आएको आम्दनी होटलमै लगानी गर्ने उल्लेख गरेको छ। 

होटलमा ९९ वटा डिलक्स र १ वटा सुइट रुमसहित १०० रुम छ। यी सकारात्मक पक्षका बावजुद होटलको प्रारम्भिक सञ्चालन अवधिका कारण वित्तीय कार्य सम्पादन सामान्य रहेको छ। सञ्चालन स्थिरिकरण जोखिम, आतिथ्य उद्योगको चक्रीयता र मौसमीपनमा निर्भरताका साथै तीव्र प्रतिस्पर्धा पनि होटका चुनौतीका रूपमा रहेका छन्।

काठमाडौंको नक्सालमा रहेको स्वर्णिम होटलको हाल ७९ करोड रुपैयाँ रहेको होटलको चुक्ता पुँजी सन् २०२५ को अन्त्यसम्म एक अर्ब ५२ करोड रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ। नेपाल लाइफ इनस्योरेन्स र अन्य व्यक्तिगत लगानीकर्ताको संस्थागत लगानी रहेको छ। जसमा नरेशलाल श्रेष्ठको सबैभन्दा धेरै ३८ प्रतिशत सेयर स्वामित्व छ।

स्वर्णिम बुटिक होटल प्राइभेट लिमिटेडको स्थापना २०१२ अगष्टमा भएर सन् २०२४ जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भयो। त्यसपछि यसको नाम स्वर्णिम होटल लिमिटेडमा परिवर्तन भएको हो। होटलले ‘होली डे इन एक्सप्रेस’ अन्तर्राष्ट्रिय ब्रान्डका लागि होटल व्यवस्थापन सम्झौता गरेको छ।

सम्बन्धित समाचार