Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेप्सेमा २.४० अंकको वृद्धि, साढे ९ अर्ब माथिको कारोबार

नेप्सेमा २.४० अंकको वृद्धि, साढे ९ अर्ब माथिको कारोबार

अर्थ प्लस
नेप्सेमा २.४० अंकको वृद्धि, साढे ९ अर्ब माथिको कारोबार

काठमाडौं, असार २२ । साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड माथिको सेयर कारोबार भएको छ । 

आज नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ७.३६ प्रतिशतका दरले कमाउँदा राप्ती हाइड्रोका लगानीकर्ताले ५.७० प्रतिशतका दरले कमाएका हुन् ।

गुडविल फाइनान्सका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.८७ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४९ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर ३७ करोड ८१ लाख रुपैयाँको कारोबार हँदा तेस्रोमा हिमालयन रिइनस्योरेन्सको ३४ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार