Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एशियन लाइफको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

एशियन लाइफको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

अर्थ प्लस
एशियन लाइफको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दैछ। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले १ अर्ब ४२करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुकक्लोज गरेकोले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। 

यस हकप्रद सेयरमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट ‘आइआरएन ए माइनस (इस्युअर रेटिङ)’ बाट ‘आइआरएन ए (इस्युअर रेटिङ)’ रेटिङ मा स्तरोन्नति गरेको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताहरुले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

कुल ६ अर्ब रूपैयाँ अधिकृत पूँजी रहेको यो कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रूपैयाँ रहेको छ।

सम्बन्धित समाचार