Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

खानी खोला हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ प्लस
खानी खोला हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं- खानी खोला हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ भोलि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आजसम्म कायम सेयरधनीहरुले मात्र यो कम्पनीको हकप्रद सेयर खरिद गर्न सक्नेछन् । 

नेपाल धितोपत्र बोर्डबाट यस कम्पनीले गत असार १० गते चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो।

कम्पनीले आफ्ना शेसेयरधनीहरुलाई ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ। 

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

सम्बन्धित समाचार