Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आरएसडीसी लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

आरएसडीसी लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
आरएसडीसी लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं-आरएसडीसी लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। 

यस सेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

संस्थापक सेयरधनीले तोकिएको अवधिभित्र रुपन्देहीको बुटवटलस्थित संस्थाको रजिस्टर्ड कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

सम्बन्धित समाचार