Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेप्सेमा २९ अंकको वृद्धि, ११ अर्ब १४ करोड माथिको कारोबार

नेप्सेमा २९ अंकको वृद्धि, ११ अर्ब १४ करोड माथिको कारोबार

अर्थ प्लस
नेप्सेमा २९ अंकको वृद्धि, ११ अर्ब १४ करोड माथिको कारोबार

काठमाडौं- साताको पहिलो कारोबार सेयर बजार नेप्से परिसूचक ३१.०८ अंकले बढेर २७६०.८० को विन्दुमा आएको छ । 

नेप्सेमा यसदिन ३११ कम्पनीको ३ करोड ३२ लाख ९२ हजार ३० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १४ करोड माथिको सेयर कारोबार भएको छ । 

आज एनआइशी एसिया बैंक र खानी खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै जीवन विकास लघुवित्तका लगानीकर्ताले ९.६१ प्रतिशतका दरले कमाएका छन् । 

एनआइशी एसिया बैंकको आज सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको आज ३१ करोड १४ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख ८० हजार रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्फ्राइन्ट्रक्चर एन्ड डेभलपमेन्टको २८ करोड ५३ लाख ५३ हजार रुपैयाँ र सानिमा बैंकको २५ करोड १८ लाख ३२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।   

यसदिन हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९३ प्रतिशतका दरले गुमाएका छन् । 

सम्बन्धित समाचार