काठमाडौं। अघिल्लो साता १३९ अंकले बढेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्च (नेप्से) साताको पहिलो दिन आइतबार करेक्सन भएको छ।
साताको पहिलो दिन सेयर बजार झिनो अंकले बढ्दै हुँदै करेक्सन भएको हो। योसँगै सेयर बजार परिसूचक २८७० अंकमा पुगेर बन्द भएको छ।
यस्तै, आइतबार सेयर बजारमा कारोबार रकमले रेकर्ड बनाएको छ। आज सेयर बजारमा २१ अर्ब ४६ करोड मूल्य बराबरको सेयर कारोबार भएको हो। कारोबारका आधारमा नेपाल रि इन्स्युरेन्स कम्पनी लिमिटेडको सेयर एक अर्ब मूल्य बराबरको भएको छ।
कारोबार भएकामध्ये आज चार कम्पनीको सेयर बजारले सर्किट लेभल पार गरेको छ। जसमा उन्नत्ती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, सान्भी इनर्जी लिमिटेड, ट्रेट टावर लिमिटेड र शिव श्री हाइड्रो पावर लिमिटेड रहेका छन्। सबैभन्दा बढी गुमाउने समृद्धि फाइनान्स कम्पनी लिमिटेड रहेको छ।
आज कारोबार भएका कम्पनीहरूमध्ये १०५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १४४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
